• प्रदेश सरकार अन्तर्गत मुस्ताङ जिल्लाको लागि वार्षिक स्वीकृत कृषि विकास कार्यक्रमहरु समयमै सम्पादन गर्ने ।

  • भ्यालिडेशन परीक्षण तथा प्रदर्शन कार्यक्रम  सन्चालन गर्ने ।

  • माटो परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा सञ्चालन गर्ने ।

  • कृषि प्रसार शैक्षिक क्रियाकलाप सन्चालन गर्ने ।

  •  कृषि प्राविधिक सेवा तथा व्यवसायिक कृषक र व्यवसायी उन्मूख कृषकहरुलाई आवश्यक सहयैग प्रदान गर्ने ।

  • कृषि सम्बन्धि उन्नत प्रविधि सम्बनधि तालिम संचालन गर्ने ।

  • विशेषज्ञ प्राविधिक सेवा उपलब्ध गराउने ।

  • कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य गर्ने ।

  • कृषि विकास कार्यक्रममा स्थानीय तह एवम् सरोकारवालाहरुसँगको समन्वय र सहकार्य गर्ने ।

  • स्थानीय बाली, रैथाने बालीहरु एवम् कृषि जैविक विविधताको  पहिचान, संरक्षण र सम्वर्द्बन गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने ।

  • कृषि अनुसन्धान र प्रसार सेवाको  स्थलको रुपमा कार्य गर्ने ।

  • स्थानीय श्रोत केन्द्रको रुपमा कार्य गर्ने ।

  • क्षमता विकास सम्वन्धि कार्य गर्ने ।

  • संघीय आयोजनाहरुको संचालनमा समन्वय गर्ने ।

  • पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवामा समन्वय एवम् सञ्चालनमा सहयोग गर्ने ।

  • बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयन गर्ने ।

  • इन्टर्नसिप कार्यक्रम संचालनमा सहयोग गर्ने ।

  • कृषि सम्वन्धि तथ्याङ्क संकलन तथा अध्यावधिक गर्ने र सबै सरोकावाला निकायमा पठाउने । 

  • कृषि सामग्रीहरुको माग, आपूर्ति तथा व्यवस्थापनमा अहम् भूमिका खेल्ने ।